अफलाइन यात्रु बोक्ने ८३ जना राइडर पक्राउ

अफलाइन यात्रु बोक्ने ८३ जना राइडर पक्राउ

कहिरन

 

 

पठाओ र इनड्राइभका अफलाइन यात्रु बोक्ने ८३ जना राइडर पक्राउ परेका छन् ।

नेपाल प्रहरीले राइड शेयरिङ एपहरू पठाओ र इनड्राइभमा अफलाइन राइड गर्ने ८३ जनालाई पक्राउ गरेको छ ।आइतबार जिल्ला प्रहरी परिसरले काठमाडौंका विभिन्न स्थानबाट अनलाइन बन्द गरेर अफलाइन राइड गर्ने राइडरलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौंका विभिन्न स्थानहरूबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने अफलाइन राइड क्रियाकलापमा संलग्न ८३ जना व्यक्तिलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिएको छ, परिसरले भनेको छ ।

केही अपराधिक घटनाहरूमा यस्ता सवारीसाधनहरूको संलग्नता देखिएको एवं सुरक्षा संवेदनशीलताको दृष्टिबाट जोखिमपूर्ण हुने भएको कारण देखाउँदै प्रहरीले अफलाइन राइडरहरुलाई कारबाही थालेको जनाएको हो ।