रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा जाने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा जाने

कहिरन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा जान लागेका छन्।

अक्टोबर १७-१८ मा बेइजिङमा हुने बेल्ट एन्ड रोड फोरममा सहभागी हुन पुटिन चीन जाने तय भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

गत मार्चमा अन्तर्राष्ट्रिय अपराध अदालतले पुटिनविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उक्त पक्राउ पुर्जी जारी भएपछि पुटिन पूर्वसोभियत युनियनका मुलुकभन्दा बाहिर गएका थिएनन्।

बेइजिङमा हुँदा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने छन्।

गत चैतमा चिनफिङले रूसको भ्रमण गरेका थिए।सन् २०२२ को फेब्रुअरीमा

युक्रेनमाथि आक्रमण गर्नु केही दिनअघि पनि पुटिन बेइजिङमा थिए।