कोशी प्रदेश: मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलिमात्रै

कोशी प्रदेश: मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलिमात्रै

भीम विश्वकर्मा

एजेन्सी । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तका लागि समर्थन गर्ने प्रदेश सांसदहरूको सनाखत भोलि गरिने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले भोलि २ बजेसम्म सनाखतका लागि बोलाएका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका थिए । सांसद र प्रदेश प्रमुख खापुङबीच छलफलमा प्रदेश प्रमुखले सनाखतको समय मागेपछि आज हुने भनिएको नियुक्ति प्रक्रिया सबै रोकिएको हो ।

बिहीवार एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ८ जना गरी ४७ जना प्रदेशसभा सदस्यहरूले कांग्रेसका केदार कार्कीलाई मुख्‍यमन्त्री बनाउन प्रदेश प्रमुख कार्यालयमा दावी पेश गरेका थिए ।

त्यसैगरी माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले सत्ता गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा दावी गरेका थिए । सरकारमा दावी गर्नका लागि प्रदेश प्रमुख खापुङले आज ५ बजेसम्म समय दिएका थिए ।