मानव अधिकार आयोगमा दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत द्वन्द्वसँग सम्बन्धित

मानव अधिकार आयोगमा दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत द्वन्द्वसँग सम्बन्धित

भीम विश्वकर्मा

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको जानकारी गराएका हुन् ।

उनका अनुसार अहिलेसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा परेका छन् । आयोगले सिफारिस गरेको १४ सय ३३ मध्ये पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । सिफारिस पूर्ण रुपमा कार्यान्वयन भएका १५.३० प्रतिशत, आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत र लागू नभएको ४५.५ प्रतिशत रहेको अध्यक्ष मगरले बताए ।

उनले आफूहरु आयोगमा आएदेखि २१८ वटा सिफारिस गरेको, मुद्दा समाधान हुन बाँकी ४ हजार १५० थान र छानबिन भइ निर्णय हुन बाँकी १४ सय ६२ रहेको उल्लेख गरे ।