विश्वकप छनोटमा अर्जेन्टिनाको जित

विश्वकप छनोटमा अर्जेन्टिनाको जित

कहिरन

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिदा अर्जेन्टिना विजयी भएको छ।

शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले  पाराग्वेलाई १-० गोलले हरायो।

अर्जेन्टिनाको जितमा निकोलास ओटामेन्डीले गरेको ग‍ोल निर्णायक सावित भयो।

उनले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए।

यता ब्राजिललाई भेनेजुएलाले १-१ गोलको बराबरीमा रोक्यो।

ब्राजिलका लागि गाब्रियल जेससले ५० मिनेटमा गोल गरेका थिए।

तर भेनेजुएलाका बेलोले खेल सकिन ५ मिनेट बाँकी छदा बराबरी ग‍ोल फर्काए।

छनोटको अंक तालिकामा अर्जेन्टिना ९ अंक जोड्दै शीर्ष स्थानमा रहदा द‍ोस्रो स्थानमा झरेको ब्राजिलको ७ अंक छ।