राष्ट्रपति पौडेल र सीपीसीका शीर्ष नेता युआनबीच शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेल र सीपीसीका शीर्ष नेता युआनबीच शिष्टाचार भेटवार्ता

कहिरन समाचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनबीच शिष्टाचार भेटवार्ता भएको छ । युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए । भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

युआन श्रीलंका भ्रमण सकेर आइतबार नै तीन दिने नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका हुन् । सो अवसरमा नेपालका लागि चिनीयाँ राजदूत छन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापा लगायतको सहभागिता थियो ।