‘दण्डहीनतालाई प्रश्रय दिनेगरी सरकारले ल्याएको विधेयक खारेज हुनुपर्छ’

‘दण्डहीनतालाई प्रश्रय दिनेगरी सरकारले ल्याएको विधेयक खारेज हुनुपर्छ’

कहिरन समाचार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले संसदमा पेश गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई तत्काल खारेज गर्न माग गरेका छन् ।

सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कोइरालाले उक्त ऐनमा राखिएको राजनीतिक मुद्धा फिर्तालिन सक्ने सम्बन्धी बुँदा हटाउनुपर्ने माग गरेका हुन् । उनले नेपाली कांग्रेस लोकातान्त्रिक पार्टी भएकोले दण्डहीनतालाई प्रश्रय दिनेखालको क्रियाकलापमा कांग्रेस संलग्न हुन नहुने बताए ।

‘नीतिगत रूपमा दण्डहीनतालाई प्रश्रय दिनेखालको काम गर्न लागेका छौँ । यो विधेयक संसदबाट पास भयो भने दण्डहीनताले संस्थागत रूप लिनेछ । त्यसैले यसलाई तत्काल खारेज गर्नुपर्छ’, उनले भने ।

सरकारले राजनीतिक विषयसँग सम्बन्धित घटनाहरू जुनसुकै अदालतमा भए पनि फिर्ता लिन वाधा नहुनेगरी विधेयक ल्याएको छ ।

यस्तै अर्का केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको औल्याए । उनले संविधान र कानुनलाई संशोधन गरेर भए पनि प्रदेशहरुको अधिकार सुनिश्चित गर्नुपर्ने औँल्याएका हुन् ।

यस्तै अर्बपतिसमेत रहेका सांसद विनोद चौधरीले नयाँ दलप्रति बढेको आकर्षणलाई ध्यान नदिए कांग्रेसको भभिष्य राम्रो हुन नसक्ने बताए । स्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेस नेता मोहनबहादुर बस्नेतले कुनै पनि गुटमा विश्वास नपाएपछि गुट चाहिँदैन भन्ने गरेको सुनाए ।