चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता च्या नेपालमा

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता च्या नेपालमा

कहिरन समाचार

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या नेतृत्वको टोली नेपाल आईपुगेको छ । नेकपा माओवादी केन्द्रको निमन्त्रणामा युआन च्या च्युन नेतृत्वको टोली आइतबार काठमाडौँ आइपुगेको हो ।

तीन दिने भ्रमणमा आउका उनी युआन सीपीसीका उच्च तहका नेता हुन् । यहाँ रहदा उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुसंग भेटबार्ता गर्ने कार्यक्रम छ ।

यद्यपि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेटवार्ता हुनेछैन । शनिबार नै प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरिसकेका छन् ।

युआनको यो भ्रमणमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे समेत छलफल हुने तयारी रहेको जनाइएको छ ।