मौद्रिक नीति सार्वजनिक, शेयर धितो र घर कर्जामा राष्ट्र बैंक लचिलो

मौद्रिक नीति सार्वजनिक, शेयर धितो र घर कर्जामा राष्ट्र बैंक लचिलो

कहिरन समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०/८१ मौद्रिक नीति सार्वजनिक भएको छ । आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक भएको हो ।

विगत दुई आर्थिक वर्षमा कसिलो मौद्रिक नीति ल्याएको राष्ट्र बैंकले चालू आर्थिक वर्षमा लचिलो नीति लिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पु¥याएको छ । बैंकले शेयर धितोकर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरेको छ ।

यस्तै राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरेको छ । यस्तै राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ ।

मौद्रिक नीतिको पूर्णपाठ हेर्न यहाँ क्लीक गर्नुहोस् ।