संघीय संसद्का दुबै सदनबाट बजेट बहुमतले पारित

संघीय संसद्का दुबै सदनबाट बजेट बहुमतले पारित

कहिरन समाचार

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट सङ्घीय संसद्का दुबै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाबाट यही असार १३ गते आगामी बजेट पारित भएको थियो । सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ ।

आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि सुझाव दिन चाहने सांसदले भोलि बिहान साढे १० बजेसम्म समय पाएका छन् । आजै विद्युतीय व्यापार विधेयक २०८० लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । विद्युतीय व्यापार विधेयकमाथि संशोधन हाल्न चाहने सांसदलाई समय दिइएको छ ।