कांग्रेस केन्द्रीय समिति र समाजवादी मोर्चाको बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति र समाजवादी मोर्चाको बैठक स्थगित

कहिरन समाचार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । झण्डै एकबर्षपछि आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने तय गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्नेछ ।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज विहान नर्भिक अस्पतालमा निधन भएको छ ।

यस्तै, समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ । आजका लागि तय भएको बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमालले बताए ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको उनले जानकारी दिए । अर्को बैठकको मिति पुनः प्रकाशित गरिने उनले बताए ।