सरकारले धानको समर्थन मुल्य तोक्यो

सरकारले धानको समर्थन मुल्य तोक्यो

कहिरन समाचार

काठमाडौं । सरकारले धानको समर्थन मुल्य तोकेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो ।

सरकारले मोटा धान प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको मुल्य ३ हजार ३६२ रुपैयाँ मुल्य तोक्ने निर्णय गरेको हो । यो पहिले भन्दा दुई साढे २ सय रुपैयाँले बढी रहेको सरकारकी प्रवक्ता समेत रहेकी संचारमन्त्री शर्माले जानकारी दिइन् ।

यस्तै उनले किसान रासायनिक मल नपाएर हैरान भएको बिषय छलफल भएको तर, मल अभाव नरहेको सरकारको निष्कर्ष रहेको बताइन् । केही ठाउँ बाहेक सबै किसानले रासायनिक मलको अभाव झेल्नु नपरेको दाबी सरकारले गरेको छ । वितरणमा भने केही समस्या देखिएको मन्त्री शर्माले बताइन् ।

मन्त्रिपसरकारले अनुचित लेनदेन, मिरव्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको संचार मन्त्री शर्माले जानकारी दिइन् । मन्त्री शर्माले सिके राउतको पार्टीलाई सरकारमा सहभागी गराउनेबारे सकारात्मक छलफल भइरहेको बताइन् ।