अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार, बढ्दो आयातले चुनौती कायमै

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार, बढ्दो आयातले चुनौती कायमै

कहिरन समाचार

काठमाडौं । देशको बाह्य क्षेत्रमा सुधार देखिएको छ । रेमिटेन्समा आएको सुधारले देशको बाह्य क्षेत्रमा सुधार देखिएको हो । जेठ महिनामा मात्र १ खर्ब ७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको जेठसम्मको वर्तमान आर्थिक स्थितिमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार शोधनान्तर बचत २ खर्ब २८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । लगातार १४ महिना शोधनान्तर घाटालाई तोड्दै चालु वर्षको सुरुवातबाटै बाह्य क्षेत्रमा सुधार देखिन थालेको हो ।

चालु वर्षको जेठसम्ममा कुल ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स बढेको कारण शोधनान्तरमा सुधार भए पनि बढ्दो आयातले केही चुनौती थपिएको छ ।

विदेशी मुद्राको सञ्चितिमा भने सुधार देखिएको छ । एक महिनामै सञ्चिति १० अर्ब ५४ करोड रुपैयाँले बढेर १४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । जेठमा महँगी दर घटेर ६ दशमलव ८६ प्रतिशत पुगेको छ । अघिल्लो महिना महँगी दर ७.४१ प्रतिशत थियो ।