बाबुराम भट्टराईले छुट्टै समाजवादी मोर्चा बनाउने

बाबुराम भट्टराईले छुट्टै समाजवादी मोर्चा बनाउने

कहिरन समाचार

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी तथा समूहसँग ध्रुवीकरणका लागि पहल गर्ने भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले मंगलबार विज्ञप्ति जारी गर्दै मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाएर अघि बढ्ने जनाएका हुन् ।

यसअघि बनेको समाजवादी मोर्चामा नपारेको नेसपाले आन्तरिक अभियानका साथै बिचार मिल्नेसंग सहकार्य गर्ने जनाएको हो । गत असार ४ गते नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द्रको नेकपाले समाजवादी मोर्चा घोषणा गरेका थिए ।

यस्तै पार्टिले यही असारदेखि पुस मसान्तसम्म ‘अबको राष्ट्रको संकल्प: नयाँ समाजवादी विकल्प’ भन्ने नाराका साथ अभियान चलाउने जनाएको छ ।

‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा विस्तार अभियान’ चलाउने विज्ञप्तिमा उल्लेख छ ।