कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवासमा

कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवासमा

कहिरन समाचार

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सत्ता गठबन्धनको सीट बाँडफाडको फाइनल गर्नुअघि कांग्रेस शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सहित सबै पदाधिकारी सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै बैठकमा पूर्व पदाधिकारीलाई समेत सहभागी गराएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावमा हुने तालमेलका विषयमा रणनीति बनाउन काँग्रेस नेताहरु बसेर छलफल जारी राखेका हुन् । सत्ता गठबन्धनमा सीट बाँडफाडका विषयमा सहमति हुन नसेकेको अवस्थामा कांग्रेस शीर्ष नेताहरु बसेर गाठो फुकाउने प्रयास गरेका हुन् ।