क्रसर उद्योगहरुले देशभर गिट्टी बालुवाको उत्पादन र बिक्री रोक्ने

क्रसर उद्योगहरुले देशभर गिट्टी बालुवाको उत्पादन र बिक्री रोक्ने

कहिरन समाचार

काठमाडौं । शनिबारदेखि देशभर ढुंगा, गिट्टी र बालुवाको उत्पादन र बिक्री बन्द हुने भएको छ । सरकारले क्रसर उद्योग नवीकरण नगरेको बन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले बन्द गर्ने भएको हो ।

महांसघले असार २ गते कानुन बमोजिम दर्ता भई इजाजत लिएर सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योग असार १५ गतेभित्र नवीकरण गर्न माग गरेको थियो । तर सरकार क्रसर व्यवसायीहरुलाई वेवास्ता गरेकोले उत्पादन र बिक्री बन्द गर्न लागेको महासंघका अध्यक्ष सिताराम न्यौपानेले जानकारी दिए ।

अध्यक्ष न्यौपानेले मन्त्रिपरिषद्ले गत माघ ११ गते दर्ता भई सञ्चालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानुन अनुसार लाग्ने कर, दस्तुर, शुल्कलगायत राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नभएको बताए ।