पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

कहिरन समाचार

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । पूर्वसांसद समेत रहेका रौनियारलाई शुक्रबार बानेशवरबाट नियन्त्रणमा लिइएको प्रहरी नायब महानिरीक्षक कुवेर अडायतले जानकारी दिए ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँके नेपालगञ्जमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएकाले नियन्त्रणमा लिइएको डिआइजी कडायतले बताए ।

पूर्वसांसद रौनियारविरुद्ध गत वैशाखमै बाँके प्रहरीले पक्राउ पुर्जि जारी गरेको थियो । बाँके प्रहरीको अनुरोधमा रौनियारलाई प्रहरीवृत्त बानेश्वरको टोलीले नियन्त्रणमा लिएको हो । उनलाई नेपालगञ्ज पठाइने तयारी भइरहेको डिआइजी कडायतको भनाई छ ।

पप्पु कन्ट्रक्सनले देशका विभिन्न ठाउँमा आयोजनाको निर्माण जिम्मा लिएर अलपत्र पार्दै आएको छ ।