नेपालमा विश्वकपको ट्रफी सार्वजनिक

नेपालमा विश्वकपको ट्रफी सार्वजनिक

कहिरन समाचार

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक भएको हो ।

ट्रफी आजै नै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा पुर्याइनेछ । टी–ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री लगायतले ट्रफी सार्वजनिक गरेका हुन् ।

यसअघि नेपालमा सन् २०१९ को एकदिवसीय क्रिकेटको ट्रफी सार्वजनिक भएको थियो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ ।