सरकारले देशका सात स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने

सरकारले देशका सात स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने

कहिरन समाचार

काठमाडौं । सरकारले देशका विभिन्न सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकले रास्कोट नगरपालिका ६ कालिकोट, नरहरिनाथ गाउँपालिका २ कालिकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सुचना तथा सन्चार प्रविधीमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय गरेको प्रबक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय छ ।