सत्तारुढ दुई दलले यथास्थितिमा बजेट पारित हुन नदिने

सत्तारुढ दुई दलले यथास्थितिमा बजेट पारित हुन नदिने

कहिरन समाचार

काठमाडौं । सत्तारुढ दुइ दलले बजेट नसच्याएसम्म पास हुन नदिने चेतावनी दिएका छन् । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टि जसपाले बजेट पास हुनै नदिने चेतावनी दिएका हुन् ।

नेकपा एकिकृत समाजवादीको बिहीबार बसेको संसदीय दलको बैठकले बजेटबारे प्रधानमन्त्री र अर्थमन्त्रीसंग छलफल गर्ने निश्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय गरेको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । उनले यथास्थितीमा बाजेट पास नहुने बताए ।

यस्तै जनता समाजवादी पार्टि जसपाले गठबन्धनमा रहेका दलहरुसंग छलफल नै नगरी सरकारले एकलौटी ढंगले बजेट ल्याएकोले नसच्याएसम्म पारित हुन नदिने निर्णय गरेको छ ।

आज बसेको कार्यकारिणी समितिको बैठकपछि पत्रकारसंग बोल्दै अध्यक्ष उपेन्द्र यादवले बजेटले पुरै मधेस लगायतलाई उपेक्षा गरेकोले यथास्थितीमा बजेट पास नहुने बताए ।

सरकारले भने बजेट कार्यन्वयनको तयारी गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि पूर्व तयारी शुरु गरेको हो ।

आज मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवहरूसँग अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफल गर्नु भएको हो ।

उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा दृढ भई तयारी शुरु गर्न समेत निर्देशन दिए ।