प्रेम चलाउने आक्रमणविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

प्रेम चलाउने आक्रमणविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

कहिरन समाचार

काठमाडौं । सर्वाेच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशसँगै कारण देखाउ आदेश समेत दिएको छ ।

अदालतले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरुविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारसँग कारण माग गरेको हो ।

आफूमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध उपप्राध्यापक चलाउने बुधबार सर्वोच्च अदालत गएका थिए । मुद्दा फिर्ता लिने सरकारको निर्णय युक्तिसंगत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनले सरकारको निर्णय तत्काल रोक्नुपर्ने माग गरेका थिए ।