हवाई इन्धनको मूल्य घट्यो

हवाई इन्धनको मूल्य घट्यो

कहिरन समाचार

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । मंगलबार निगम संचालक समितिको बैठकले हवाई इन्धनको मूल्य प्रति लिटर २६ रुपैयाँसम्मले घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार आन्तरिक तर्फ हवाई इन्धनको मूल्य १० रुपैयाँ घटेर प्रतिलिटर १५० रुपैयाँ कायम भएको निगमले जनाएको छ । यसैगरी, बाह्य तर्फको हवाई इन्धनमा प्रतिलिटर २६ रुपैयाँ मूल्य घटेर प्रतिलिटर १५१.११ रुपैयाँ कायम भएको छ ।

निगमले प्रति किलोलिटर २०० अमेरिकी डलर घटाएको छ । यसअघिको मूल्य १३५० डलर थियो । अब घटेर ११५० डलर प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ ।