काठमाडौं महानगरका ४६५ निजी विद्यालयले बुझाए छात्रवृत्ति विवरण

काठमाडौं महानगरका ४६५ निजी विद्यालयले बुझाए छात्रवृत्ति विवरण

कहिरन समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका ४६५ वटा निजि विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन् । महानगरलाई उपलब्ध विवरणअनुसार ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयबाट लक्षित वर्गका १३ हजार विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने मेयर बालेन साहले फेसबुकमार्फत जानकारी दिएका छन् । ​महानगरका अनुसार हालसम्म विवरण नपठाएका ३९ विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिरेर विवरण बुझाउन मौका दिइनेछ ।

त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने चेतावनी दिइएको छ ।