‘नागरिकता विधेयकमा सत्तापक्षले नै राजनीतिकरण गर्‍यो’

‘नागरिकता विधेयकमा सत्तापक्षले नै राजनीतिकरण गर्‍यो’

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषय सत्तापक्ष आफैंले नै राजनीतिकरण गरिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दबाब दिए ।

विधेयकको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरुको कुनै आपत्ति नरहेको अध्यक्ष लिङदेनको भनाई थियो । उनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरुबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाए ।

अध्यक्ष लिङदेनले भारतलाई खुशी बनाउन र नागरिकता नपाएका नागरिकहरुलाई पनि खुशी बनाउने सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराए पनि पीडितलाई नागरिकता दिने नियत नभएको नदेखिएको पटकपटक दोहोर्‍याए । उनले नागरिकताको विषयमा राजनीतिकरण नगर्न सत्तारुढ दलहरुलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसदमा ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

यस्तै नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले मन्त्रीपरिषद्को निर्णय र प्रमाणीकरणको सक्कल फाइल झिकाएको छ । तर सरकारले हालसम्म फाइल नपठाएको महान्यायधिवक्ताको कार्यालयका सहन्यायधिवक्ता लोकराज पराजुलीले जानकारी दिए । यद्यपी फाइल बुझाउने अर्थात सर्वोच्च न्यायलयलाई जवाफदिने समय अझै बाँकी रहेकाले सरकारले समयमा नै फाइल पठाउने पराजुलीले बताए ।