शेखर–रवीन्द्रबीच भेटवार्ता, राजाबारे चर्चा

शेखर–रवीन्द्रबीच भेटवार्ता, राजाबारे चर्चा

कहिरन समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । शनिबार बिहान नेता कोइराला र उपाध्यक्ष मिश्रबीच भेटवार्ता भएको हो ।

भेटमा दुई नेताबीच पूर्वराजा ज्ञानेन्द्र शाहका विषयमा कुराकानी भएको बताइएको छ । भेटपछि राप्रपा उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमा दुई नेताबीच राजाबारे भएको संवादको अंश सेयर गर्दै नेता कोइरालाले राजालाई कहिल्यै पूर्वराजा नभनेको उल्लेख गरेका छन् ।

मिश्रले लेखेका छन्, ‘कोइरालाले संवादका क्रममा भन्नभयो्, ‘म राजा (ज्ञानेन्द्र शाह)लाई कहिल्यै पूर्वराजा भन्दिनँ नि । मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दू राष्ट्र जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ । गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन– ती हुन् राजा !’