देश विकास गर्न नेताहरू सच्चिन जरुरी छ : गृहमन्त्री श्रेष्ठ

देश विकास गर्न नेताहरू सच्चिन जरुरी छ : गृहमन्त्री श्रेष्ठ

कहिरन समाचार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए । उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने बताउए । गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउन जरुरी रहेको बताए ।

राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरू रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तीब्र पार्नु आवश्यक रहेको उनको भनाइ छ ।

‘हामीले अपेक्षा गरेअनुसार समृद्धि आएको छैन । कहाँ कमजोरी भएको छ, त्यसलाई गम्भीरताकासाथ लिएर हामी अघि बढ्नुपर्छ । त्यसैले सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउनु पर्छ, उनले भने ।’