देश भू-राजनीतिक भूमरीमा फस्दैछ : शेखर कोइराला

देश भू-राजनीतिक भूमरीमा फस्दैछ : शेखर कोइराला

कहिरन समाचार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सीमित बन्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो बताउका हुन् ।

नेता कोइरालाले कांग्रेस व्यवहारवादी बन्दा चुक्दै गएको बताए । ‘कांग्रेसको विगतको जुन चरित्र थियो, त्यो चरित्रमा कता/कता अल्मलिएको हो कि भन्ने मलाई लाग्छ’, उनले भने, ‘धेरै व्यवहारवादी हुँदा हामीले गल्ती गरिरहेका हुन्छौं ।’ उनले कांग्रेसले सिद्धान्तहरुलाई छोड्दै जानु चिन्ताको विषय भएको बताए ।

उनले अहिले कुनै पनि संवैधानिक संस्थाहरु सवल बन्न नसकेको बताए । उनले सरकारले संवैधानिक निकायहरु निर्वाचन आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,मानव अधिकार आयोग लगायतका निकायहरुको अधिकार कटौती गर्दासमेत सांसदहरु मौन बसेको बताए । उनले संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिनु, प्रधानमन्त्री बोले लगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादा विपरीत भएको पनि बताए ।

नेता कोइरालाले देश भूराजनीतिक भूमरीमा फस्दै गएको बताए । ‘देश भू-राजनीतिक (जीओपोलटिक्स)को भूमरीमा फस्दैछ । मुलुक राजनीतिक पार्टीहरुका नेतृत्वको कारणबाट नै भू-राजनीतिकको भूमरीमा फस्दैछ, उनले भने ।’

नेता कोइरालाले लोकप्रियताको नाममा लोकरिजाँईको राजनीत हाबी हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।