राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो

राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो

कहिरन समाचार

काठमाडौं । राहदानी अर्थात पासपोर्ट बनाउँदा लाग्ने दस्तुर घटेको छ । मन्त्री परिषद्को बैठकले राहदानी नियमावली, २०७७ को अनुसूची ४ मा संशोधन गर्दै दस्तुर घटाएर राजपत्रमा प्रकाशित भएसंगै पासपोर्ट बनाउँदा लाग्ने दस्तुर घटेको हो ।

राहदानी विभागले शुक्रबार एक सुचना जारी गर्दै असार ३ गते आइतबारदेखि लागू हुने गरी ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित सबै नेपाली नियोगहरुलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको हो ।

यसअघि ६६ पृष्ठको विद्युतीय राहदानीका लागि १० तथा ३४ पृष्ठको राहदानी लिनका लागि ५ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने प्राबधान थियो । अबदेखि बिभागले ६६ तथा ३४ पृष्ठको राहादानीकालागि समान ५ हजार रुपैयाँमात्रै तिर्नुपर्ने विभागकी निर्देशक दुरपदा सापकोटाले जानकारी दिए ।