गण्डकी सरकारले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)

गण्डकी सरकारले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)

कहिरन समाचार

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले कुल कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार, पुँजिगततर्फ २० अर्ब १९ करोड चार लाख ६२ हजार र वित्तिय व्यवस्थातर्फ ५० करोड रकम विनियोजन गरिएको छ । यो क्रमश चालुतर्फ ३८.१ प्रतिशत, पुँजिगततर्फ ३८.१ प्रतिशत र तर्फ १.५ प्रतिशत विनियोजन गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि खर्च बेहोर्न वित्तीय समान्यीकरण अनुदानबाट सात अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँडबाट नौ अर्ब पाँच करोड ३२ लाख, रोयल्टीमार्फत ४० करोड आठ लाख १६ हजार, सर्शत अनुदानतर्फ चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड, विशेष अनुदान ७० करोड प्राप्त हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको कार्यान्वयनको बजेटबाट गण्डकी प्रदेशले तीन अर्ब मौज्दात बचत हुने अनुमान छ ।

बजेटमाफृत प्रदेश सरकारले सबै घरमा विजुली पु-याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने बताएको छ । एलपी ग्यासलाई प्रतिस्थापन गर्दै विद्युतीय चुलो प्रयोगमा सरकारले प्रोत्साहन गर्ने भएको छ । संस्थागत सौर्य ऊर्जा कार्यक्रम पनि सञ्चालन गर्न पनि सरकारले १ करोड विनियोजन गरेको छ ।

सरकारले खानेपानी आयोजनाको कार्यान्वयन र दीगो सञ्चालन, पुरानो व्यवस्थापन र नयाँ निर्माणका लागि २ अर्ब ७० करोड बिनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिनका लागि ७ करोड ३० लाख रुपैयाँ छुट्याएको छ ।

यस्तै १० मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रदेशका सबै सरकारी अस्पतालमा उपचार निशुल्क हुने भएको छ । डायलासिस सेवाका प्रतिक्षामा रहेका विरामीको संख्या शून्यामा झार्न र डायलासिस सेवा प्रवाहको क्षमता अभिवृद्धि गर्न ६ करोड ६८ लाख ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लीक गर्नुहोस् ।