बागमतीको बजेट ६२ अर्ब ७० करोड (पूर्णपाठ)

बागमतीको बजेट ६२ अर्ब ७० करोड (पूर्णपाठ)

कहिरन समाचार

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले शुक्रबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालूतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ ५० करोड विनियोजन गरिएको छ जुन चालूतर्फ ४२.५८ प्रतिशत, पूँजीगततर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत छ ।

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख बेहोरिने अनुमान गरिएको छ ।

प्रदेश सरकारले खर्च कटौतीका लागि भत्ता कटौती र फजुल खर्चहरु रोक्ने योजना अघि सारेको छ । साथै गाडी खरिद नगर्ने, भत्ता नदिने, भ्यु टावर लगायत अनावश्यक संरचना नबनाइने घोषणा गरेको छ ।

बागमती सरकारले कृषिमा ३ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरेको छ । कषि कार्यक्रमअन्तर्गत कृषकलाई परिचय पत्र वितरण गरिने मन्त्री तामाङले बताए । दूध उत्पादन बढाउन प्रदेशभित्र १० वटा दूध जोन स्थापना गर्न बजेट छुट्याइएको छ । काठमाडौं भित्र एक आधुनिक कृषि बजार स्थापना गर्न पनि बजेट छुट्याइएको छ ।

यस्तै प्रदेश सरकारले भौतिक निर्माणलाई प्राथमिकतामा राखेको छ । हेटौंडाको कर्रा करिडोर निर्माणका लागि १५ करोड विनियोजन गरिएको छ । चितवनको अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्नका लागि ५ करोड विनियोजन गरेको छ ।

‘बागमती प्रदेशः स्वस्थ्य प्रदेश’ भन्ने कार्यक्रम अन्तर्गत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड बजेट छुट्याइएको छ ।

बजेटको पूर्णपाठ हेर्न यहाँ  क्लीक गर्नुहोस् ।