मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘सेफ्स बर्गर’मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘सेफ्स बर्गर’मा विशेष छुट

कहिरन समाचार

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सेफ्स बर्गरका सेवामा १० प्रतिशित छुट पाउने भएका छन् ।

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरुलाई थप सेवा दिन सोमबार सेफ्स बर्गर (Chef’s Burger) प्रा.लिबीच छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।

बैंकका डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरुले सेफ्स बर्गरका विभिन्न शाखाहरुमा फुड एण्ड बेभरेज (Food & Beverage) सेवामा १० प्रतिशत छुट पाउने छन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा संजालमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

बैंकले प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग लगायतका सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था पनि गरेको छ ।