इमर्जिङ टिम्स कप: पाकिस्तानले नेपाललाई हरायो

इमर्जिङ टिम्स कप: पाकिस्तानले नेपाललाई हरायो

कहिरन समाचार

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई ९ रनले हराउदै विजयी भएको छ ।

हङकङको मोङककमा भएको खेलमा पाकिस्तान ए ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाईन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाईन् । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तान ए का लागि सईदा शाह र तुवा हसनले समान २/२ तथा अनुशा नासिर र उम्मि हानीले समान १/१ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९.२ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।

पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाईन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाईन् ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३ विकेट लिँदा सीता राना मगर, कविता कुँवर र कविता जोशीले २र२ विकेट लिएका थिए ।

जितसँगै पाकिस्तान ए समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा रहेको छ ।

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा अवसर पाएको हो । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रतियोगितामा नेपाल हङकङ, भारत र पाकिस्तान रहेको समूह एमा छ । दोस्रो खेल नेपालले पर्सि भारतसँग खेल्नेछ भने १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए रहेका छन् । फाइनल २१ जुनमा हुनेछ ।