इमर्जिङ टिम्स कप: नेपालसँग पाकिस्तान ८७ रनमा अलआउट

इमर्जिङ टिम्स कप: नेपालसँग पाकिस्तान ८७ रनमा अलआउट

कहिरन समाचार

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ए विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ ।

हङकङको मोङ ककमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पाकिस्तान ए लाई १९.२ ओभरमा ८७ रनमा अलआउट गरेको हो ।

पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा सर्वाधिक २८ रन बनाईन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाईन् ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३ विकेट लिँदा सीता राना मगर, कविता कुँवर र कविता जोशीले २/२ विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा अवसर पाएको हो । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रतियोगितामा नेपाल हङकङ, भारत र पाकिस्तान रहेको समूह एमा छ । दोस्रो खेल नेपालले पर्सि भारतसँग खेल्नेछ भने १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए रहेका छन् । फाइनल २१ जुनमा हुनेछ ।