राष्ट्रिय कविता महोत्सवमा ८९२ कविता

राष्ट्रिय कविता महोत्सवमा ८९२ कविता

कहिरन समाचार

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवका लागि ८ सय ९२ कविता प्राप्त भएको छ । प्रतिष्ठानले इमेलबाटमात्रै ८ सय ४८ प्राप्त भएको बताएको छ ।

राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिएको कुलपति भुपाल राईले बताए । यो पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुने राईले जानकारी दिए । यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका कविलाई जनही १५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।

यो पटकबाट समावेशी सहभागितमूलक सिद्धान्तका आधारमा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरेका कारण कविहरूको आकर्षण बढेको प्रतिष्ठानले जनाएको छ । २०२२ सालदेखि प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा असार ९ गते कविता महोत्सव गर्दै आएको छ ।