नेपालमा बुधबारदेखि मनसुन भित्रिने

नेपालमा बुधबारदेखि मनसुन भित्रिने

कहिरन समाचार

काठमाडौं । यस वर्षको मनसुन भोलिसम्म नेपाल भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

अरब सागरमा विकसित आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाको प्रभावले मनसुनको गति बढ्दा औसत समयको आसपासमै मनसुन नेपाल आउने सम्भावना बढेको महाशाखाले जनाएको छ ।

जसको आंशिक प्रभाव नेपालका केही भुभागमा परेको छ । जसको प्रभावले बिहानीपख कोशी, मधेश, बाागमती र गण्डकी प्रदेशका पहाडी भुभागका केही स्थानमा आशिंक बदली र हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । झाका अनुसार आजराति पनि उक्त प्रदेशहरुमा वर्षाको सम्भावना रहेको छ ।

यस्तै काठमाडौं उपत्यकामा आज अपराह्नदेखि हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यतिबेला पूर्वतिर तराईको तापक्रम भने केही मात्रामा घटेको छ । महाशाखाका अनुसार पश्चिम तराईको तापक्रम भने यथावत् नै छ । पश्चिम तराईमा अहिलेपनि ४० डिग्री सेल्सियसम्म तापक्रम मापन भएको छ । यो क्रम असार १ गतेसम्म यथावत् नै रहने महाशाखाले जनाएको छ ।