दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप आजदेखि सुरु

दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप आजदेखि सुरु

कहिरन समाचार

काठमाडौं । दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा हुन लागेको यो अहिलेसम्मकै ठूलो प्रतियोगिता हो ।

ललितपुरको गोदाबारीमा सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश र पाकिस्तानका १० महिला र समान १० पुरुष खेलाडीले प्रतियोगिता खेल्नेछन् ।

नेपालबाट फिडेमास्टर रुपेश जयसवाल र रनरअप सुरवीर लामाले पुरुषतर्फ र महिलातर्फ फिडेमास्टर सुजना लोहनी र सुशीला गुरुङले सहभागिता जनाउनेछन् ।

प्रत्येक देशबाट पुरुष र महिला विधामा एक/एक जना डिफेन्डिङ च्याम्पियन सहभागी हुने प्रतियोगितामा आयोजक नेपालबाट भने थप एक/एक जना खेल्न लागेका हुन् । खुला महिला तथा परुष गरी दुई स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा पुरुषतर्फ भारतीय इन्टरनेसल मास्टर नवइर शाह सेख र महिलातर्फ बंगालादेशी इन्टरनेसल मास्टर सुल्तान सिरिनको समेत सहभागिता रहने छ ।

पुरुषतर्फको विजेताले १ लाख ५० हजार र महिलातर्फको विजेताले १ लाख नगद पाउनेछन् ।