मापदण्ड विपरित सञ्चालित दुई अस्पतालमा काठमाडौं महानगरको ताला

मापदण्ड विपरित सञ्चालित दुई अस्पतालमा काठमाडौं महानगरको ताला

कहिरन समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले दता नगरी सञ्चालित दुई अस्पतालमा ताला लगाएको छ ।

बौद्धस्थित चाइनिज पिपल्स हस्पिटल प्रालि र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल एण्ड वर्थिङ सेन्टरमा महानगर प्रहरीको टोलीले ताला लगाएको हो ।

चाइनिज पिपल्स हस्पिटल सन् २००८ देखि नै दताविना सञ्चालनमा रहेको बताइएको छ । पटकपटक निर्देशन दिँदा पनि नियममा आउन नमानेपछि यी अस्पतालमा ताला लगाएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

‘पटक/पटक निर्देशन दिँदा पनि नियममा आउन नमानेपछि ताला लगाएका हौँ । अब नियममा नआई सञ्चालन हुन पाउँदैन,’ नगर प्रहरी प्रमुख पाण्डेले भने ।