त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित जर्मन नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित जर्मन नागरिक पक्राउ

कहिरन समाचार

काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब ७ किलो चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले ६३ वर्षीय पउल वेर्स्टलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पउल सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका थिए । उनले बोकेको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागका थिए । चरेस चेकजाँचका क्रममा प्रहरीले बरामद गरेको हो ।

जर्मन नागरिकलाई लागुऔषध ब्युरोको जिम्मा लगाइएको छ ।