थाल ठटाउँदै विद्यालयका कर्मचारी सडकमा

थाल ठटाउँदै विद्यालयका कर्मचारी सडकमा

कहिरन समाचार

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षको बजेटमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेको छ ।

आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म थाल ठटाउँदै विद्यालय कर्मचारीहरूले विरोध प्रदर्शन गरेका हुन् । तत्काल माग पूरा नभए आगामी असार २ गतेदेखि देशभरका सरकारी विद्यालय अनिश्चितकालीन बन्द गर्ने समेत उनीहरूको चेतावनी छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीका अनुसार विद्यालयका सहायक कर्मचारीका लागि ३४ हजार ७३० रूपैयाँ तलब कायम हुनुपर्ने, विद्यालय सहयोगीको २४ हजार २१० तलब रूपैयाँ कायम हुनुपर्ने माग छ ।

यस्तै, विद्यालय कर्मचारीहरूले तत्कालै पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, सङ्घीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्नेलगायतका माग उनीहरुको छ ।