रेखाले मोरङ-३ बाट उम्मेदवारी दिने

रेखाले मोरङ-३ बाट उम्मेदवारी दिने

कहिरन समाचार

कलाकार रेखा थापाले मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएकी छन् । राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन् ।

राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ ।’ गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हुन् । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए ।