सामाजिक सञ्जालमा ‘घरजग्गा लोन सेवा’ नामबाट ठगी गर्ने पक्राउ

सामाजिक सञ्जालमा ‘घरजग्गा लोन सेवा’ नामबाट ठगी गर्ने पक्राउ

कहिरन समाचार

काठमाडौं । सामाजिक सञ्जालमा घरजग्गा लोन सेवा नामक फेसबुक पेज बनाई ठगी गर्ने सिन्धुपाल्चोक मेलम्चीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बास्तबिक नाम लुकाएर बिभिन्न तीन ओटा नाम राखेर ठग्दै आएका मेलम्ची नगरपालिका ११ का २७ बर्षिय रामचन्द्र चालिसे काठमाण्डौँबाट पक्राउ परेका हुन् ।

चालिसेले आफ्नो बास्तबिकता ढाँटेर नकुल चालिसे,आकाश भट्टराई र आर.एन क्षत्री नामले ठगि गर्ने गरेको खुल्न आएको छ । उनलाई काठमाण्डौँको बसुन्धाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर टेकुका सुचना अधिकारी प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिए । ऋण चाहिएमा तुरन्तै सम्पर्क गर्नुहोस भन्दै बिभिन्न ब्यक्तिहरुलाई बिश्वासमा लिएर बिभिन्न चेक तथा नगद गरी ५७ लाख बीस हजार रुपैयाँ ठगी गरेको पाईएको छ ।

उनले उत्तम कुमार, राजकुमार तामाङ, सोनुबाबु लामा, बिष्णु क्षेत्री, गणेश बहादुर खड्का लगायतका ब्यक्तीहरुलाई बिश्वासमा लिएर ठगि गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनले अर्काको नामको नागरिकता समेत दुरुपयोग गरेको खुल्न आएको छ ।

पक्राउ परेकामाथि ठगी तथा बैङकिङ कसूर मुद्धामा अनुसन्धान भईरहेको छ । साथै प्रहरीले उल्लेखित ब्यक्तिबाट ठगिएका पडितहरुलाई जिल्ला प्रहरी परिसर काठमाण्डौँ टेकुमा सम्पर्क गर्न समेत भनेको छ ।