नेपालमै पहिलो पटक सरकारी तहबाट चार्जिङ स्टेसन सञ्चालन

नेपालमै पहिलो पटक सरकारी तहबाट चार्जिङ स्टेसन सञ्चालन

कहिरन समाचार

नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याइएको छ ।  नेपाल विद्युत प्राधिकरणले मंगलबार चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
प्राधिकरण परिसर रत्नपार्कमा सञ्चालनमा ल्याइएको यो चार्जिङ स्टेसन सरकारी तहमा नेपालकै पहिलो हो ।  सो स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटनपछि सन्चालनमा आएको हो ।

चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको र एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने बताए । प्राधिकरण प्राङ्गणमा सन्चालनमा ल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने घिसिङको भनाइ छ ।