कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशले हाले उजुरी

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशले हाले उजुरी

कहिरन समाचार

काठमाडौं । कायम कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने भन्दै न्यायाधीशले नै उजुरी हालेका छन् ।

हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने भन्दै संघीय संसद्को संसदीय सुनुवाइ विशेष समितिमा बहालवाला जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले उजुरी हालेका हुन् ।

न्यायाधीश डा. भट्टराईले कार्कीमाथि प्रधानन्यायाधीश पदको सम्मान, गरिमा र ओज कायम राख्न सक्ने हैसियत र ल्याकत नभएको दाबी गर्दै उजुरी हालेका हुन् । बहालवाला न्यायाधीशले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिएको संसदीय सुनुवाइको यो पहिलो घटना हो ।

न्यायाधीश डा. भट्टराईले ‘निजको नियुक्ति प्रधानन्यायाधीशजस्तो पदमा हुँदा सम्मानित अदालत र प्रधानन्यायाधीश पदकै अवहेलना हुने भएकाले सन्तुलन र नियन्त्रणको सिद्धान्त अनुसार पनि सम्मानित समितिबाट निजको नाम अस्वीकृत होस् भनी सादर निवेदन गर्दछु ।’ भन्दै उजुरी हालेका छन् ।

उनले कानुनी रिक्तताको अवस्थामा अवैध रूपमा कार्कीको नाम सिफारिस भएको भन्दै नाम सिफारिस भएको अवस्थामा २० दिनपछि नियमावली बनाएर सुनुवाइ गर्नु गलत हुने बताएका छन् ।

कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा बहालवाला न्यायधिससहित गरी इमेल, चिठी र आफैँ उपस्थित भएर ११ वटा उजुरी परेको हो । समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । जेठ २६ गतेसम्म थप उजुरी आउन सक्ने समितिले जनाएको छ ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई संवैधानिक परिषद्को गत वैशाख २५ गते बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।