साउदी अरबले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने

साउदी अरबले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने

कहिरन समाचार

काठमाडौँ । साउदी अरबले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने घोषणा गरेको छ ।

कच्चा तेलको मूल्य घट्न नदिन तेल उत्पादनमा कटौती जारी राख्न तेल उत्पादक राष्ट्रहरू सहमत भएसंगै साउदीले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने भएको हो ।

अर्कोतर्फ ओपेक प्लस देशहरूले पनि सन् २०२४ देखि दैनिक १४ लाख ब्यारेल थप कटौती गर्ने तयारी गरेका छन् । ओपेक प्लस देशहरूले विश्वको कच्चा तेलको ४० प्रतिशत उत्पादन गर्ने गरेका छन् । जसका कारण अब फेरि पेट्रोलियम पदार्थको भाउ बढ्न सक्ने अनुमान गरिएको छ ।

सोमबार एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य २.४ प्रतिशतले बढेर ७७ डलर प्रति ब्यारेल पुगेको छ । रुसका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकका अनुसार सन् २०२२ को अक्टोबरदेखि ओपेक प्लस देशहरूले तेल उत्पादनमा प्रतिदिन ३० लाख ६६ हजार ब्यारेलले कटौती गरेका छन् ।