नेपाल मलेसियासंग पराजित

नेपाल मलेसियासंग पराजित

कहिरन समाचार

काठमाडौं । महिला टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला अन्तर्गत नेपाल मलेसियासंग पराजित भएको छ ।

शनिबार भएको चौथो खेलमा नेपाल मलेसियासंग चार विकेटले पराजित भएसंगै पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २–२ को बराबरीमा रोकिएको छ ।

जितका लागि नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा भेट्टायो । मलेसियाको जितमा विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ तथा यास्मिन जुल्किफिलले १३ रनको योगदान गरिन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता कुँवरले १२ रन जोडिन् ।

पाँच खेलको अन्तिम श्रृंखला भोली हुनेछ । भोली बिजयी हुने टोलीले श्रृखंलामा जित निकाल्नेछ ।