सभापतिको विरोध गरेर पार्टी बन्दैन : देउवा

सभापतिको विरोध गरेर पार्टी बन्दैन : देउवा

कहिरन समाचार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै बिरोध गरेर कोही ठूलो बन्न नसक्ने जवाफ दिएका छन । शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले थापाप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

थापाले सार्वजनिक कार्यक्रमबाट पार्टी नेतृत्वप्रति नेता कार्यकर्ताको मात्र होइन आममतदाताकोसमेत आक्रोस बढेको भन्दै देउवालाई नेतृत्व छोड्न आग्रह गर्दै आएका छन् । महामन्त्री थापाले नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरीको आममाफी जस्ता निर्णय देउवाको एकल निर्णयबाट भएको भन्दै पार्टीले अपनत्व लिन नसक्ने बताएका थिए ।

देउवाले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको बताए । ‘गाली गर्ने होइन, गएर काम गर्नुस्, गाली गरेर पार्टी बन्दैन’, देउवाले भने । उनले आफू अब पार्टी सभापति नबन्ने पनि बताए ।

उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताए । उनले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै थप सशक्त बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए ।