विद्यालयको शौचालयमा लेखापालले गरे आत्मदाहको प्रयास

विद्यालयको शौचालयमा लेखापालले गरे आत्मदाहको प्रयास

कहिरन समाचार

काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापालले शौचालयमा आत्महत्याको प्रयास गरेका छन् ।

शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ४० वर्षीय मनिल ढकालले विषादी खाई पेट्रोल छर्किएर आत्महत्याको प्रयास गरेका हुन् ।

शनिबार बिहान आगोले शरीरका अधिकांश भाग जलेको अवस्थामा उनी शौचालयमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दिपक पोखरेलले जानकारी दिए । उनको तत्काल उद्धार गरि विराटनगरस्थित कोशी अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पताल पठाइएको उनले बताए ।

आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर रहेको छ ।

विद्यालयमा काम छ भनी उनी बिहानै घरबाट विद्यालय गएका थिए । विद्यालयमा बिहान ढकाल भन्दा अरु नभएकाले आफैले आगो लगाएको हुनसक्ने पोखरेलले बताए । उनले घटनाको बिषयमा अनुसन्धान भैरहेको बताए ।