भारतीय गृहमन्त्रीसँग राजदूत शर्माले गरे भेटवार्ता

भारतीय गृहमन्त्रीसँग राजदूत शर्माले गरे भेटवार्ता

कहिरन समाचार

भारतीय गृहमन्त्री अमित शाह र भारतका लागि नेपाली राजदूत शंकर शर्माबीच भेटवार्ता भएको छ।

नयाँ दिल्लीस्थित गृह मन्त्रालयमा उनीहरूबीच सोमबार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध र हितबारे कुराकानी भएको थियो।

भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजनामा भइरहेका प्रगतिलगायत विषयमा पनि भेटवार्तामा कुराकानी भएको बताइएको छ।