सुर्तीजन्य पदार्थको सेवनबाट बर्षेनी ८० लाख नागरिकको मृत्यु

सुर्तीजन्य पदार्थको सेवनबाट बर्षेनी ८० लाख नागरिकको मृत्यु

कहिरन समाचार

काठमाडौं । बिश्वमा सुर्तीजन्य पदार्थको सेवनका कारण बर्षेनी ८० लाख नागरिकले अकालमा ज्यान गुमाउने गरेका छन् ।

बिश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्याङक अनुसार तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण भएको छ भने करिब १२ लाखभन्दा बढी धुम्रपान नगर्नेहरू दोस्रो ब्यक्तिले सेवन गरेकोे धुवाँको प्रभावमा परेका कारण मृत्यु हुने गरेको छ ।

बिश्वका करिब २२ प्रतिशतले सुर्ती जन्य पदार्थ तथा चुरोट सेवन गर्ने गरेको पाईएको छ । ती मध्ये सबैभन्दा बढी पुरुषहरुले धुम्रपान गर्ने गरेका छन् ।

बिश्वको तथ्याङको हिसाबमा नेपालमा झन् यस्को प्रयोगकर्ता डरलाग्दो देखिएको छ । सुर्ती जन्य पदार्थको सेवनकै कारण नेपालमा बर्षेनी २७ हजारले ज्यान गुमाउने गरेको स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयका सहप्रबक्ता डाक्टर समिर कुमार अधिकारी बताए ।

सुर्तिजन्य पदार्थको सेवनले फोक्सोको क्यान्सर, खोकी, उच्च रक्तचाप ,मुटुरोगसंगै श्वास प्रश्वास सम्बन्धि दिर्घरोग तथा मद्युमेह जस्ता रोहरु निम्त्याउने गरेको छ ।

प्रयोगकर्ता शुन्यमा झार्ने गरी सरकारले काम थाल्ने योजना बनाएपनि अबस्था सजिलो भने छैन । सुर्ती तथा चुरोट सेवनको प्रयोगलाई हटाउन सबै निकायले मिले कामगर्नु पर्ने मन्त्रालयका सहप्रबक्ता डा अधिकारीले बताए ।