उखु किसान र सरकारबीच सहमति, आन्दोलन फिर्ता

उखु किसान र सरकारबीच सहमति, आन्दोलन फिर्ता

कहिरन समाचार

काठमाडौं । कपिलवस्तुका उखु किसान र सरकारबीच सहमति भएको छ । १७ दिनदेखि काठमाडौंमा आन्दोलनमा रहेका किसानहरूको माग सम्बोधन गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता गरिएको संघर्ष समितिका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा को संयोजकत्वमा गठन भएको वार्ता टोलीले साउन मसान्तसम्ममा उनीहरुको माग सम्बोधन गर्ने निर्णय भएको छ ।

आर्थिक वर्ष ०७१/७२ सालमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिएको थियो । उक्त अनुदान बापतको अढाइ करोड रकम सरकारसँग माग गर्दै किसानहरू काठमाडौंमा आन्दोलनरत थिए ।

वार्ता टोलीसँग भएको छलफलपछि साउन मसान्तसम्म रकम भुक्तानी गर्ने निर्णय भएको अध्यक्ष चौधरीले बताए ।